गुनासोको विवरण

  • गुनासो दर्ता नं: g549rUcO
  • गुनासोको विषय :बेरोजगारी सम्बनधी बडामा काम कहिले आउँछ हाेला ।
  • हालको अवस्था : समाधान भएको
  • गम्भीरता : सामान्य
  • तोकिएको शाखा/वडा : प्रधानमन्त्री रोजगार कार्यक्रम
  • गुनासोको क्षेत्र: रोजगार
  • गुनासोको विवरण: म वडा नं १३ देखी हाे पाेहर साल मैले बेरोजगारीको काम गरेर मेरो घर खर्च चलाउन ठूलाे सहयोग भएको थियाे केटा केटी काे विद्यालयको पढाई पनि काटेको थिए यस बर्ष हाम्राे वडामा रोजगारमूलक योजना छ कि के छ जानकारी गराईदिनुहाेला

गुनासोकर्ताको विवरण


  • नाम : लालमती राना
  • ठेगाना : १३

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-६-२१ विचाराधीन No feedback
२०८०-६-२२ सम्बन्धित शाखा/वडालाई तोकिएको No feedback
२०८०-६-२२ समाधान भएको धन्यबाद । यस बर्ष ०८०।०८१ का लागि पनि कामका लागि पारिश्रमिक काम संचालन हुन्छ । रोजगार सेवा केन्द्रबाट योजनाहरु माग गरिसकेको हुँदा नपाका हरेक वडा कार्यालयबाट समझेदारीमा संचालन हुने योजनाहरु माग भई सकेकाले चाँडै वडाहरुमा लाभग्राही सुची पठाएर प्राथमिकताका आधारमा कामदार वडाले छनोट गरी पठाएपछि समिति गठन गरी काम सुरु हुने जानकारी गराउदछौ । यहाँले काम पाउने सम्बन्धमा वडा कार्यालयले योजना छनोट गर्दा साझेदारीमा योजना पठाएको छ कि छैन साथै लाभग्राही सुचिमा प्राथमिकताका आधारमा कति नम्बरमा नाम रहेको छ साथै वडाको बजेट र प्रमरोकाको बजेटले कतिजना कामदार खटाउन सकिन्छ लागत अनुमान तयार गरेर मात्र जानकारी लिन सकिन्छ ।थप जानकारीका लागि सम्बन्धित वडाकार्यालयमा बुझनु होला ।
२०८०-६-२४ समाधान भएको No feedback