गुनासोको विवरण

  • गुनासो दर्ता नं: ojBQdqcc
  • गुनासोको विषय :नगर बस सम्बन्धमा
  • हालको अवस्था : मुल्तवीमा राखिएको
  • गम्भीरता : अती जरुरी
  • तोकिएको शाखा/वडा :
  • गुनासोको क्षेत्र: सुझाव
  • गुनासोको विवरण: नमस्कार नगर प्रमुख ज्यु, धनगढी उपमहनगरपलिकाले नगर बस संचालनमा ल्याउने भन्ने कुरा मैले सुनेको छु र यो अतन्त्यै खुशिको कुरा पनि हो। म एउटा स्पाइनल कर्ड इन्जुरी भएको अति अशक्त अपांगता भएको wheelchair प्रयोगकर्ता पनि भएकोले म जस्ता अन्य थुप्रै ब्यक्तिहरु याहाँ कष्टकर जीवन बिताइरहेका छन र हामीहरुलाइ पनि घर बाहिर गइ केही गर्न मन लाग्ने हुन्छ अनि अर्को कुरा धनगढीमा संचालनमा रहेका auto रिक्सा तथा इ रिक्सा हरुले हामिलाइ देखे पछि वास्ता नगर्ने लिन नमान्ने लगि हाले पनि wheelchair को समेत भाडा माग्ने गरेको मैले आफैले पनि भोगेको छु त्यस कारण यदि नगर बसहरु wheelchair सहज रुपमा बाहिर भित्र लिन सकिने किसिमका wheelchair मैत्री बनाइ संचालनमा ल्याइ दिएमा म लगाएत सबै wheelchair प्रयोगकर्ताहरु आभारी हुने थियौं। आशा छ मेयर ज्यु ले हाम्रो दुख बुझ्नु हुनेछ भन्नेमा। धन्यबाद।

गुनासोकर्ताको विवरण


  • नाम : राम प्रसाद जोशी
  • ठेगाना : धनगढी -12 जुगेडा कैलाली

तपाईंको गुनासोको सम्बन्धमा निम्न उल्लेखित प्रकृयाहरु अध्यावधिक भएका छन् ।

मिति स्थिति प्रतिक्रिया
२०८०-५-४ विचाराधीन No feedback
२०८०-५-५ विचाराधीन No feedback
२०८०-५-५ मुल्तवीमा राखिएको यहाँको सुझावका लागी धन्यवाद| यस धनगढी उपमहानगरपालिकाले संचालानको तयारी गरिरहेको नगर बस सेवा अपाङ्गमैत्री होस भन्ने यहाँको सुझावलाई सम्बन्धित शाखामा पठाईएको छ|